Monday, November 25, 2024
Home > मुख्य समाचार > इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाईल तयार

इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाईल तयार

काठमाडौं । संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ ।

संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल आज सार्वजनिक भएको हो । ६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो । समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्ण बहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियानअन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको बताउनुभयो । उहाँले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गर्नुभयो । उहाँले मन्त्रीपरिषद् बैठकमा पेपर लेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरी ल्यापटप दिन लागिएको स्पष्ट पार्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिवमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेज को रुपमा भिडियो प्रोफाइल रहेको बताउनुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उहाँले गर्नुभयो ।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *