Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने प्रधानमन्त्रीको भनाइ

यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पार्नु भयो । निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले तत्काल नेपाल वायुसेवा निगमको समग्र काम कार्वाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने पनि स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले सरकार निगमको साथमा रहेको तर निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गर्नु भयो । प्रधानमन्त्री ओलीले आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनु भयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ । प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *