Sunday, November 24, 2024
Home > मुख्य समाचार > संखुवासभामा बिप्लव समुहका कार्यकर्ता र प्रहरीबिच गोली हानाहान

संखुवासभामा बिप्लव समुहका कार्यकर्ता र प्रहरीबिच गोली हानाहान

संखुवासभा । सखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको होयेङलामा बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो फाइरिङ भएपछि अहिले सेनाको दुईवटा हेलिकप्टरबाट थप सुरक्षा टोली सिलिचोङमा उतारीएको छ ।

सेनाको अर्को हेलिकप्टरले गस्ती गरिरहेको जनाइएको छ । आज विहान करिव १० बजे गस्तिमा सिसुवाखोलाको होयेङलामा गएको प्रहरी टोली र चन्द समुहविच दोहोरो भिडन्त भएपछि बिप्लब नेतृत्वको नेकपाका कार्यकर्ता जंगलतर्फ भागेका थिए । उनिहरु करिब २५ जना हतियारसहित रहेकाले उनिहरुकोे खोजिमा थप सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । अहिले सेनाको एक हेलिकप्टरबाट घटनास्थल माथी आकाशबाट गस्ति गरिहेको र सेनाको हेलिकप्टरबाट सिलिचोङमो काठमाडौबाट उतारिएका सशस्त्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकसहितकोे ५० जना भन्दा बढीको टोलीले खोजी गरिरहेको बताइएको छ । घटनास्थलतर्फ उनिहरुको खोजीमा ताम्कु प्रहरी चौकी, सिसुवा प्रहरी चौकीका प्रहरी र अरुण गुल्म चैनपुरका सशस्त्र टोली त्यस तर्फ पठाईएको प्रहरी नायव उपरिक्षक भीमबहादुर लामाले बताउनुभयो । त्यस स्थानमा विप्लव समूहका कार्यकर्ता हतियारसहित आएको सुराकीका आधारमा गस्ति टोली पठाईएको बताइएको छ । घटनास्थल सदरमुकाम खाँदबारीदेखि २ दिनको पैदल दुरीमा पर्दछ । दोहोरो भिडन्तमा कुनै क्षति नभएको र घटनाको विस्तृत विवरण आउन बाँकी छ । घटनास्थल अति विकट संखुवासभा, भोजपुर र सोलुको सिमानामा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *