Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन

विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन

विराटनगर । घरेलु तथा साना उद्योग मोरङको नेतृत्वमा आज विराटनगरका आधा दर्जन भन्दा बढी पसलको अनुगमन गरिएको छ ।

अनुगमन टोलीले विराटनगरको केशलीया रोडमा रहेको बेबी आइस्क्रीमले अर्काको व्राण्डमा आस्क्रीम बेचेको पाइएको छ । करनेटो व्राण्डमा आफ्नो नाम दिएर विक्री गरेको पाए पछि विक्री वितरणमा रोक लगाईएको छ ।सो व्राण्डको सबै आइक्रीमको बाहिरी खोलको जफत गरी ३ दिनभित्र सिडियो कार्यालयमा उपस्थितका लागि निर्देशन दिइएको छ । यस्तै मेन बजारमा रहेको माइक्रो अफि अटोमेशन , हिमालय रोडमा रहेको नानो टेक आइटी सोल्युसनमा नक्कली किसिमका क्यान कम्पनीका कार्टेज बरामद गरेकाले विक्री वितरणमा रोक लगाई ३ दिन भित्र सिडियो कार्यालय मोरङमा उपस्थितका लागि निर्देशन दिइएको थियो । यस्तै गुद्रीमा रहेको शंकर किराना पसल, जहदा रोडमा रहेको विवेक किराना पसल र जोशी भण्डारलाई अनिवार्य मूल्य सुची राख्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग विराटनगरका अधिकृत गोकुल केसीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *