Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरिएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष २०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४÷०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *