Monday, April 21, 2025
Home > मुख्य समाचार > भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन ।

राष्ट्रियसभाको आजको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालसँग माग गर्नु भयो । सत्तारुढ नेकपाका सांसद समेत रहनु भएका उहाँले गुठीको उचित व्यवस्थापन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न दवाव दिनुभयो । नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले भूमिहिनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले खानेपानी मन्त्रालयले अझै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा कहिले ल्याउने भन्ने एकीन गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रुपमा परिचालन गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले सार्वजनिक जग्गालाई व्यवस्थापनका लागि सरकारले चालिरहेको कदम उचित रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *