Friday, November 22, 2024
Home > खेलकुद समाचार > अफगानिस्तानद्धारा पाकिस्तान सामु २ सय २८ रनको मध्यम लक्ष्य

अफगानिस्तानद्धारा पाकिस्तान सामु २ सय २८ रनको मध्यम लक्ष्य

तीब्र गतिका युवा बलर शाहीन शाह अफ्रिदीको उत्कृष्ट प्रर्दशनसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय २८ रनको मध्यम लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनायो । अफगानिस्तानका लागि नजीबुल्लाह जदरान र पुर्व कप्तान अस्गर अफगानले समान ४२ रनको योगदान दिए । अफगानिस्तानले पाँचौ ओभरको चौथो बलमा कप्तान गुलबदीन नाइबलाई १५ रनमा गुमाएको थियो । नाइबलाई शाहीन अफ्रिदीले कप्तान शर्फराज अहमदबाट क्याच आउट गराए । अफ्रिदीले लगत्तै अर्को बलमा हशमतुल्लाह साहिदीलाई शुन्यमा पेभिलिएन फर्काए । १२ ओभरको अन्तिम बलमा इमाद वासिमले बाबर आजमबाट क्याच गराउँदै ओपनर रामत शाहलाई ३५ रनमा पेभिलिएनको बाटो देखाए । शाहले ४३ बलमा ५ चौका प्रहार गरे । चौथो विकेटका लागि पुर्व कप्तान अस्गर अफगान र विकेटकीपर इकराम अलिखिलले ६४ रनको साझेदारी गर्दै इनिङ उकासे । यी दुईबीचको साझेदारी २५ ओभरको दोस्रो बलमा शादब खानले अस्गरलाई बोल्ड आउट गर्दै तोडेका थिए अफ्गानले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मोहम्मद नाबीले १६ रनको योगदान दिए । अफ्रिदीले बोल्ड आउट गर्नुअघि नजिबुउल्लाह जदरानले ५४ बलमा ६ चौका प्रहार गरे । तल्लोक्रमका शमीउल्लाह शिनवारी १९,राशिद खान ८ र मुजिब उर रहमानले ७ रन जोडे । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले १० ओभरमा ४७ रन खर्चेर ४ विकेट हात पारे । त्यस्तै इमाद वासिम र वहाब रियाजको नाममा समान २ विकेट रह्यो । शादब खानले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *