Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै सभामुखद्धारा चिन्ता व्यक्त

माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै सभामुखद्धारा चिन्ता व्यक्त

भक्तपुर । सभामुख कृष्ण.बहादुर महराले माफियाहरुले देशै हडप्न खोजिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

आज भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा सनिबार राष्ट्रिय वृक्षरोपण तथा सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केही मान्छेहरुले देशै हड्प्न खोजेको बताउनुभएको हो । सार्वजनिक जग्गा, बन पोखरी , सामुदायिक बन लगायत प्राकृतिक सम्पदाहरु व्यक्तिले हडप्ने प्रयास भईरहेको भन्ने सन्र्दभमा उहाँले ‘त्यत्ति मात्रै नभई केही मान्छेहरु देशै हडप्न लागेको’ बताउनुभएको हो । उहाँले यसलाई ‘राजनीतिक प्रदुषण’ को संज्ञा दिनुभयो ।

सभामुख महराले व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा, बन , पोखरी लगायत सम्पत्तिलाई समुदायको नाममा फर्काउने ठूलो अभियान सरकारले सुरु गरिसकेको बताउनुभयो । राष्ट्रिय वृक्षरोपण कार्यक्रम अन्र्तगत सो स्थानमा २ सय बढी एभोगाडोका विरुवा रोपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *