Sunday, November 24, 2024
Home > मुख्य समाचार > १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई असार १६ गते अमेरिका भ्रमणमा जाने

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई असार १६ गते अमेरिका भ्रमणमा जाने

विराटनगर । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई यही असार १६ गते अमेरिका भ्रमणमा जानु हुने भएको छ ।

अमेरिकाको बालटिमोरमा जुलाई ५ देखि ७ तारिखसम्म हुने नेपलिज एसोसिएसन इन अमेरिकाको नेसनल कन्फ्रेन्सको प्रमुख अतिथिको रुपमा सहभागी हुन मुख्यमन्त्री राई त्यसतर्फ जाने हुनुभएको हो । उहाँको भ्रमणका लागि प्रदेश सरकारले स्वीकृती प्रदान गरेको छ । राई असार २५ गते स्वदेश फर्कनुहुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको प्रदेशकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।  बैठकले प्रदेश सार्वजनिक, निजी, साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७६, प्रदेश लोकसेवा आयोग विधेयक २०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६, प्रदेश स्वायत्त संस्था गठन विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले पाँचथर मिक्लाजुङ्की सीता खजुमको उपचारका लागि लागेको ६९ हजार ३ सय १४ रुपैयाँ प्रदेश सरकारले व्यहोर्ने, समिटर्स समिट आयोजना गर्ने पनि निर्णय गरेको छ । बैठकले सगरमाथा क्लव (एसटीसी) बिउ कोष स्थापना तथा संचालन कार्यविधि स्वीकृत गर्नुको साथै मोरङ कटहरीमा रहको कटहरी फलफूल तथा तरकारी थोकबजार संचालन नियमावली २०७६ लाई पनि स्वीकृति प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *