Thursday, November 21, 2024
Home > मुख्य समाचार > बाराको एक उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

बाराको एक उद्योगमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

बारा । बाराको सिमरा स्थित क्लासिकल ईण्डष्ट्रिज प्रालि उद्योगमा आगलागी हुदा करिब डेढ करोड बराबरको क्षति भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ सिमरा स्थित सो उद्योगमा गएराति आगलागि भएको हो । राती साढे १० बजे सुरु भएको आगलागी आज बिहान ६ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले बताउनुभयो । उहाँले स्थानीय , प्रहरी , नेपाली सेना र ६ वटा दमकलको सहयोगमा करिव ८ घण्टा पछि आगो नियन्त्रणमा आएको बताउनुभयो । उद्योगमा रहेको भट्टीबाट सुरु भएको आगो भट्टी सञ्चालनका लागी स्टोर गरेको दाउरामा सल्किदा आगोले भयाभय रुप लिएको थियो । आगलागीबाट भट्टी सञ्चालनका लागि राखिएका उपकरण जल्नुका साथै म्याटे«स बनाउन प्रयोग हँुने कच्चा पदार्थ र भट्टी आसपासका फलामे ट्रष्ट पनि जलेर नष्ट भएका छन । समय मैं सबैको सहयोग जुट्नाले उद्योगमा ठूलो क्षति हुनबाट जोगिएको उद्योग प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *