Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > १ नम्बर प्रदेशसभाबाट आज एउटा विधेयक पारित

१ नम्बर प्रदेशसभाबाट आज एउटा विधेयक पारित

विराटनगर । १ नम्बर प्रदेश प्रदेशसभाको बुधबार बसेको बैठकले जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक संशोधन सहित पारित गरेको छ ।

यस्तै प्रदेशसभाले गाउँ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि संशोधनसहित पारित गरेको छ । प्रदेशसभामा यसअघि प्रस्तुत भएको उक्त विधेयकमाथि सांसद तुलसीप्रसाद न्यौपाने र लछुमन तिवारीले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो । दुवै प्रस्तावलाई सरकारले ग्रहण गर्ने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीले बताएसँगै दुवै विधेयक सर्वसम्मतीले पारित भएको हो । उक्त विधेयक पारित भएसँगै जनप्रतिनिधिहरुको सेवा सुविधासम्बन्धी यसअघिको व्यवस्थामा केही परिवर्तन भएको छ । संसदको अर्को बैठक आगामि असार १ गते दिउँसो ३ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *