विराटनगर । मोरङका अधिकारकर्मीहरुले अदालतबाट न्याय पाइन्छ भनेर अझैपनि सिमान्तकृत वर्गलाई न्यायालयले अनुभुति दिलाउन नसकेको बताएका छन् ।
विराटनगरस्थित उच्च अदालतको निरिक्षणमा आएकी सर्वाेच्च अदालतकी न्यायाधिस सपना मल्ल प्रधानसंग मोरङका अधिकारकर्मीहरुले अझैपनि न्यायालयसम्म विपन्न वर्गको पहुँच पुग्न नसकेको गुनासो गरे । एबीसी नेपाल विराटनगरकी प्रमुख बिष्णु पन्तले पिडित महिलाहरु अझैपनि अदालतसम्म जान हिच्किचाउने गरेको बताउनु भयो । न्यायाधिस मल्लले भने राज्यको पुनंसरचना भएको भएपनि अझै न्यायिक संरचनाको पुनसंरचना हुन नसकेको बताउनु भयो । उहाँले राज्यले बनाएको योजना जस्तै अदालतले पनि योजना बनाएर अगाडि बढीरहेको जानकारी दिनुभयो । उहाँले अहिले पनि अधिकार क्षेत्रको प्रयोग उच्च र जिल्ला अदालतमा हुन नसकेको टिप्पणी गर्नुभयो ।