Friday, November 22, 2024
Home > मुख्य समाचार > राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को साझा राष्ट्रिय संकल्पलाई पूरा गर्न विश्वविद्यालयहरु सम्बाहक शक्तिको रुपमा उदाउनुपर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रपति भण्डारीले विश्वका अन्य मुलुकमा विश्वविद्यालयहरुले देशको समृद्धिको लागि दिएको योगदानबाट सिकेर नेपालका विश्वविद्यालयहरु अघि बढनुपर्ने पनि स्पष्ट पार्नुभयो । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको अन्तराष्ट्रिय स्तरको शैक्षिक सम्मेलनलाई राष्ट्रपति भवन सितल निवासमा उद्घाटन गर्दै उहाँले उच्च शिक्षालाई समय सापेक्ष र जनमुखि बनाउन विद्यालयहरु अग्रसर हुनुपर्ने पनि स्मरण गराउनुभयो । राष्ट्रपति भण्डारीले सो सम्मेलनले नेपालमा गुणस्तरीय र जनमुखि शिक्षाको प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालय शिक्षाको अन्तराष्ट्रियकरण अपरिहार्य रहेको उल्लेख गर्दै विश्वविद्यालय शिक्षाले उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु¥याउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति डा. तीर्थराज खनियाले विश्वविद्यालय शिक्षालाई अन्तराष्ट्रियकरण गर्न सो सम्मेलन आयोजना गरिएको स्पष्ट पानुभएको थियो । २ दिनसम्म चल्ने सम्मेलनमा अमेरिका, बेलायत, जापान, फिन्ल्याण्ड, भारत, सिंगापुर र नेपालका ख्याती प्राप्त प्राध्यापकहरुले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । सम्मेलनबाट आर्जित ज्ञान र अनुभवबाट त्रिभुवन विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार आउने अपेक्षा गरिएको पनि त्रिभुवन विश्वविद्यालयका उपकूलपति खनियाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *