Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्रीको दावी

आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने अर्थमन्त्रीको दावी

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष भित्रै मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पार्नु भयो । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहोर्याउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नु भयो । अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको पनि स्पष्ट पार्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *