Friday, November 22, 2024
Home > मुख्य समाचार > संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्धारा सरकारको ध्यानाकर्षण

संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न राजपाद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधान कार्यान्वयन र संविधान संशोधनको प्रतिवद्धता पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राजपाका सांसद प्रमोद साहले सरकार गठनको समय देखि नै संसदमा संविधान संसोधनको विषय उठिरहे पनि अहिले सम्म सम्बोधन नभएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्री केपी ओली स्वयम्ले आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन गर्छु भनिरहदा पनि अझै सम्म संविधान संसोधन प्रक्रिया अघि नबढाएको भन्दै उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।  उहाँले राज्यको विभेदकारी नीति विरुद्ध सरकारलाई संविधान संसोधनका लागि रुलिङ गर्न सभामुखसंग आग्रह गर्नुभयो । उहाँले संविधान बनाउनेले नै संविधान उलंघन गरेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *