Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा नेता गच्छदारको जोड

विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा नेता गच्छदारको जोड

विराटनगर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बिषयमा जोड दिनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुंदै उहांले वर्तमान संबिधानमा सबै खालका शक्ति र राजनितिक पार्टीहरु अटाउनसक्ने बताउनुहुंदै वार्ता नै समस्या समाधानको उत्तम विकल्प रहेको बताउनुभयो । उहांले पछिल्लो संघीय लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र रहेको बताउदै स्वयं विप्लव लगायतका नेताहरुले समेत यो ब्यवस्था ल्याउन माओबादी नेतृत्वको संघर्षमा योगदान दिएको बताउनुभयो । उपसभापति गच्छदारले अहिले विप्लवका असन्तुष्टि र असहमति जे जे कुरामा छ त्यो सरकारले राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपाली जनताको धेरै लामो लडाईपछि संबिधानसभाबाट संबिधान निर्माण भएको बताउदै त्यसमा कुनै असहमति भए वार्ताबाट समाधान निकाल्नुपर्ने विचार ब्यक्त गर्नुभयो । उहांले अर्कै खालको राजनितिक परिवर्तनको सम्भावना अहिले नरहेको पनि बताउनुभयो । संबिधान संशोधन हुने बिषय रहेको बताउदै गच्छदारले सबै प्रकारको समस्याको समाधान वार्ताबार्टै गर्नुपर्ने उल्लेख गर्नुभयो । विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएको बिषयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदै गच्छदारले त्यो निर्णय सरकारको अदुरदर्शितापुर्ण निर्णय भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *