Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको नेता कार्कीको दावी

सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको नेता कार्कीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको दावी गर्नु भएको छ ।

काँग्रेस नेता कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गईरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ ? भनि सरकारलाई प्रश्न पनि गर्नुभयो । व्यापार घाटा भयावह बन्दै गएको, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पुर्याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने उहाँको तर्क छ । आज प्रतिनिधिसभामा सरकारले पेश गरेको ‘आर्थिक वर्ष २०७६÷७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’ माथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता कार्कीले बजेटले गरिव जनतामा कुनै पनि खालको उत्साह भर्न नसकेको बताउनु भयो । नेता कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले भयावह अवस्थामा रहेको व्यापार घाटालाई कम गर्ने कुनै दृष्टिकोण र कार्यक्रम ल्याउन नसकेको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *