Friday, November 22, 2024
Home > मुख्य समाचार > काठमाडौं–तराई÷मधेश दु्रतमार्ग तोकिएकै समय भित्र सम्पन्न हुने

काठमाडौं–तराई÷मधेश दु्रतमार्ग तोकिएकै समय भित्र सम्पन्न हुने

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ ।

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख एवम् सो आयोजनाका प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले तोकिएकै समय भित्र सम्पन्न हुने गरी सो आयोजनाको कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो । आज संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सो आयोजनाको हालसम्मको कार्य प्रगति विवरण पेश गर्दै उहाँले आगामी २०७९ साल असोज महिना भित्र सो आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी कामलाई अघि बढाइएको बताउनु भयो । निर्धारित समय सिमा भित्र सो आयोजनाको कामलाई सम्पन्न गर्ने गरी आवश्यक्ता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्माण व्यवसायीहरु पनि सो आयोजनाको काममा परिचालन गरिएको आयोजनाका प्रमुख उपरथी खाँणले बताउनु भयो । सो आयोजना अन्तरगतको पुल निर्माणको काम पनि सुरु गरिएको नेपाली सेनाले जनाएको छ । आयोजनाका प्रमुख उपरथी खाँणले पुल निर्माणको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । उहाँले आयोजनाको ६ सय ५६ रोपनी जग्गा अधिग्रहणको काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई पनि अघि बढाउने बताउनु भयो । त्यसैगरी सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन १० करोड लागतमा निर्माणका गरिएको र त्यो स्विकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गरिएको पनि आयोजना प्रमुख उपरथी खाँणले जानकारी दिनु भयो । यसैबीच, राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजनाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन मन्त्रीपरिषद बैठकबाट स्विकृत गरी काठमाडौं –तराई÷मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको कामलाई निर्धारित समय भित्रै सम्पन्न गर्न नेपाली सेनालाई सहज बाटो खोली दिन सरकारलाई निर्देशन पनि दिएको छ । बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनतालाई मारमा पार्ने काम नगर्न पनि नेपाली सेनाको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *