विराटनगर । विराटनगरको उत्तरी प्रवेशद्वार छेउमा आज बिहान भेटिएको शंकास्पद बस्तु बम नभएको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगरको पहडगछमा रहेको प्रवेशद्वार नजिकै सडकको उत्तरपूर्व बिजुलीको पोलमुनि झोलामा शंकास्पद बस्तु भेटिएको थियो । बुढीगंगा गांउपालिका १ टंकीसिनवारीमा पर्ने सो ठांउमा शंकास्पद बस्तु देखेपछि बिहान मर्निङ वाकमा निस्किएका ब्यक्तिहरुले प्रहरीलाई सो बिषयमा जानकारी गराएका थिए । शंकास्पद बस्तुको बिषयमा सुचना पाएपछि त्यसक्षेत्रमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । घटनास्थलमा थलहास्थित सुर्यदल गणबाट पुगेको नेपाली सेनाको शंकास्पद बस्तुलाई डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहांले सो ठांउमा भेटिएको कुकर भित्र बिष्फोटक पदार्थ नरहेको जानकारी समेत दिनुभयो ।