Thursday, November 21, 2024
Home > मुख्य समाचार > शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने खनालको भनाइ

शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने खनालको भनाइ

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणाली संगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौ आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उहाँले परिर्वतित सन्र्दभमा विश्वको शिक्षा पद्धति,प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो । बर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा सो क्रममा ठूलो परिमाणमा नेपाली रुपैया बाहिर गएको भन्दै उहाँले स्वदेश मै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र संभावना हेरेर विश्वस्तर अनुरुप शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरि अद्यावधी गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो । पूर्वप्रधानमन्त्री खनालले २०४६ सालदेखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरि शिक्षामा आमूल परिर्वतन गर्न खोजेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *