Friday, November 22, 2024
Home > मुख्य समाचार > ‘खैराते विचार’ ले कम्युनिष्ट पार्टी चल्दैन : पोखरेल

‘खैराते विचार’ ले कम्युनिष्ट पार्टी चल्दैन : पोखरेल

झापा । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले ‘खैराते विचार’ ले कम्युनिष्ट पार्टी नचल्ने भन्दै विचारमा प्रष्ट हुनुपर्ने बताउनुभएको छ ।

आज झापाको विर्तामोडमा नेकपा जिल्ला कमिटी झापाका पदाधिकारीको सपथग्रहण कार्यक्रममा मन्त्री पोखरेलले यस्तो धारणा राख्नुभएको हो । माक्र्सवाद लेलिनवादबाट दीक्षित भएर बनिएको जनताको बहुदलीय जनवाद नै अबको कम्युनिष्ट पार्टीको उपयुक्त कार्यदिशा हुने भन्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व समूहहरुको मानसिकता त्याग्दै नेकपा एकढिक्का भएर विचार मन्थन गर्नुपर्ने बताउनुभयो । झापा विद्रोह र माओवादी युद्धको आफ्नै महत्व भए पनि वर्तमानमा बाटो देखाउने नसक्ने भन्दै मन्त्री पोखरेलले विद्रोहबाट शिक्षा लिदै नेकपाको अबको सिद्धान्त के हो भन्नेमा बहस चलाउन आग्रह गर्नुभयो । उहाँले खैराते विचार र हाहाहोहोको भरमा भिड् मात्र जम्मा हुने बताउँदै बिचार बोकेको संगठित शक्तिले मात्र परिवर्तनलाई आत्मासाथ गर्न सक्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *