काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘मिडिया काउन्सिलसम्बन्धि विधेयक’मा प्रेस स्वतन्त्रतालाई हनन् हुने गरी राखिएका प्रावधान तत्काल हटाउन सरकारसँग माग गरेको छ ।
पार्टीको आज काठमाडौंमा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो विधेयकमा समावेश गरिएको प्रेस स्वतन्त्रतालाई हनन् हुने खालको सबै प्रावधान हटाउन सरकारसँग माग गरेको हो । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रता प्रतिकूल हुने गरी सो विधेयकमा समावेश गरिएको सबै प्रावधान तत्काल हटाउन सरकारसँग माग गरिएको पार्टीका सहायक प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनु भयो । ‘लोकतन्त्रको मापदण्ड र विश्व समुदायले अभ्यास गरिरहेको प्रचलनका विरुद्धमा हुने गरी सरकारले सो विधेयकमा केही प्रावधान समावेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको निष्कर्ष छ ।
बैठकमा पार्टीका नेताहरुले मुलुकमा हिन्दु राष्ट्र पुनस्थापना हुने गरी संगठनको काम कारवाहीलाई गतिशील हुने गरी कार्ययोजना तय गर्न पनि पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका थिए ।