Wednesday, November 27, 2024
Home > राष्ट्रिय समाचार > काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री पण्डितको चेतावनी

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री पण्डितको चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।

मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गर्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उहाँले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनुभयो ।
मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता पनि दोहोर्याउनुभयो । जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कार्वाही गर्ने मन्त्री पण्डितको भनाइ काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *