Monday, November 25, 2024
Home > मुख्य समाचार > सबै सेवाहरु बन्द गर्ने इन्टरनेट तथा टिभी सेवा प्रदायकको चेतावनी

सबै सेवाहरु बन्द गर्ने इन्टरनेट तथा टिभी सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महशुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका छन । प्राधिकरणले पोल प्रयोग गरेवापत ५ सय प्रतिशतसम्म भाडा बढाएपछि इन्टरनेट तथा टिभी सेवा प्रदायक आन्दोलित भएका हुन ।

नेपाल विद्युत प्राधिकरणले पोलको रेट समेत बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन । ५० रुपैयाँ तिर्दै आएको पोलको भाडा ५ सय प्रतिशत बृद्धि गरी १४ हजार भन्दा बढि पुर्याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिनु भयो ।
नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महशुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टीभी तथा इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन । समितिका संयोजक सुवेदीले ३५ अर्व बढि लगानी गरेका केवल टीभी संचालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी संचालकहरुको गुनासो छ ।

ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण ईन्टरनेट तथा संचार माध्यामहरु प्रभावित हुनेछन । संयोजक सुवेदीले ५० रुपैयाँ तिर्नुपर्ने पोलको भाडादर १४ हजार ५ सय किन ? पुर्याएको भनि सरकारलाई प्रश्न पनि गर्नु भयो । नेपाल केवल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्धनै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *