Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > विराटनगरमा स्टार्टअप एण्ड इनोभेशन मेला

विराटनगरमा स्टार्टअप एण्ड इनोभेशन मेला

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट बनाउनका लागि आईटीपार्क निर्माण गर्ने बताउनुभएको छ ।

विराटनगरमा आजबाट सुरु भएको आइटीसम्बन्धी स्टार्टअप एण्ड इनोभेशन दुई दिने मेलाको उद्घाटन गर्दै उहाँले सूचना प्रविधिको प्रयोग गरी प्रदेशमा सुशासन कायम गर्नुका साथै स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारी क्षेत्रमा ठूलो अवसर सिर्जना गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले आयोजना गर्ने बहुराष्ट्रिय सूचना प्रविधि सम्मेलनका लागि निजी क्षेत्रको सहयोगका लागि आग्रह गर्दै यसको माध्यमबाट प्रदेशको समुचित विकासमा सहयोग पुगी समृद्ध कायम हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले प्रदेशको आद्यविक योजना तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको र नीति तथा बजेटमा सूचना प्रविधिको प्रयोगमा जोड दिएको उल्लेख गर्दै डिजिटल प्रदेश बनाउने कार्यको सुरुवात आगामी आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिनुभयो । आइसिटीका अध्यक्ष राजन लम्साल, क्यानका सन्तोष दाहाल, प्रविन कुन्डलिया, निर्मल थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । मेलामा सूचना प्रविधि सम्वन्धि ४० वटा स्टलमा विभिन्न विषयमा प्रयोगात्मक रुपमा जानकारी प्रदान गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *