Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > सामाजिक न्यायसहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रित हुने काठमाडौं ।

सामाजिक न्यायसहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रित हुने काठमाडौं ।

सामाजिक न्यायसहितको विकास र सम्मृद्धिको बाटोमा आगामी बर्षको बजेट केन्द्रित हुने भएको छ ।

संघीय संसद प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक न्याय सहितको समावेशी विकास र दीगो विकासका लक्षय हासिल गर्ने गरि बजेट तर्जुमा हुने बताउनुभएको हो । उहाँले न्यायीक वितरण सहितको उच्च आर्थिक वृद्धि, सामाजिक न्याय सहितको समावेशी विकास, क्षमताअनुसारको कामको अवसर र मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, गुणस्तरीय पुर्वाधार तथा शुसासन कायम गर्ने तर्फ बजेट उन्मुख हुने स्पष्ट पार्नुभयो । संघीयता कार्यान्वनयमा हासिल गरेको उपलब्धिबाट शुसासन, विकास र सम्मृद्धिको दरिलो आधारशिला तयार भएको भन्दै उहाँले सोही आधारशिलाको जगमा टेकेर समाजिक न्याय एवं उच्च आर्थिक वृद्धि सहितको समाजवाद उन्मुख राष्ट्रको रुपमा अघि बढ्ने दिशामा आगामी आर्थिक बर्षको बजेट केन्द्रीत गरिने बताउनुभयो । उहाँले संघीय शासन प्रणाली नागरिक सेवा र विकासलाई गति दिने अवसरको रुपमा स्थापित हुँदै गएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *