Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > इस्लाम धर्माबलम्बीहरुको रोजा पर्व आजबाट सुरु

इस्लाम धर्माबलम्बीहरुको रोजा पर्व आजबाट सुरु

विराटनगर । इस्लाम धर्माबलम्बीहरुको रमजान अर्थात रोजा पर्व आजबाट सुरु भएको छ ।

३० दिनसम्म कठोर नियम र निष्ठापूर्वक मनाईने यो पर्ब हिजोसांझ रमजान महिनाको पहिलो चन्द्रमाको दर्शनपछि औपचारिक रुपमा सुरु भएको हो । ब्रतालूद्वारा आफ्नो ५ वटै इन्द्रीयहरुलाई नियंत्रणमा राख्दै अत्यन्त श्रद्धा, पबित्रता र बिश्वासका साथ यो पर्व मनाउने गरिन्छ । पबित्र कुराने शरीफमा उल्लेख भएअनुसारको निर्देशन बमोजिम मनाईने रोजा मुस्लिम समुदायका महिला पुरुष तथा सबै बर्गका ब्यक्तिहरुले मनाउने गर्दछन । तिस दिनसम्म एक छाक मात्र खाएर गरिने रोजापर्वमा ब्रतालुले प्रत्येकदिन बिहान पखको ३ बजे हल्का खाना दुध,सेबाइ,खजुर आदि खाएर ब्रतको सुरुआत गर्छन । यसरी बिहान खाइने खानालाई शेहरी भन्ने गरिन्छ । त्यसपछि ब्रतालूहरु दिनभरी पानी पनि नखाइ उपबास बस्ने गर्दछन र सांझपख ७ बजे फेरी केही हलुका खाना खाने गर्छन् । जसलाई इफ्तार भनिन्छ । अन्य समयमा दैनिक ५ पटक पढिने नमाजमा रमजानको महिना भरिको लागी ताराबी नामको एउटा बिशेष प्रकारको नमाज थप गरिएको हुन्छ । बिहान ४ बजेबाट शुरु हुने नमाज पढने क्रम रातीको ९ बजे ताराबी पढेपछि एकदिनको रोजा सम्पन्न हुने गर्दछ । रोजापर्वको अवधिमा आफुसंग भएको संम्पत्तिको साढे २ प्रतिशत गरिव र असाहायहरुलाई दान गर्नुपर्ने परम्परा पनि रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *