Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > सामन्ती चिन्तन भएकाहरुले ‘मेरो सरकार’ बारे विरोध गरेको ओलीको दाबी

सामन्ती चिन्तन भएकाहरुले ‘मेरो सरकार’ बारे विरोध गरेको ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामन्ती चिन्तन भएकाहरुले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने आएकोमा विरोध गरेको दाबी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले राज्यको सर्वोच्च निकाय भएकाले राष्ट्रपतिले जननिर्वाचित सरकारलाई अपनत्व दिन पनि ‘मेरो सरकार’ भन्ने गरेको तर्क पनि गर्नुभयो । गत आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु भएकोमा चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ भनिएकोमा विरोध गर्नेहरुले भारतीय राष्ट्रपतिले ‘मेरो सरकार’ भन्ने गरेको हेर्न पनि पटक–पटक आग्रह गर्नुभयो । आज सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेसबाट निर्वाचित भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले भारतीय जनता पार्टीको सरकारलाई पनि पटक–पटक मेरो सरकार भन्ने गरेको दृष्टान्त पनि पेश गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सर्वोच्च पद भएकाले सेना परिचालन गर्ने, संसदले पारित गरेको विधेयकलाई प्रमाणित गर्ने काम गर्ने गरेको पनि स्मरण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *