Friday, November 22, 2024
Home > मुख्य समाचार > सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन विद्यार्थीहरुको एक हप्ते अल्टिमेटम

सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउन विद्यार्थीहरुको एक हप्ते अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आज विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउने विगतमा पटक–पटक गरिएका सहमति कार्यान्वयन गर्न एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षणपत्र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई बुझाएका हुन । विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एकहप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिनुभयो । उहाँले एक हप्ताभित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो । त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

यता,नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने तत्काल विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने अवस्था नरहेको बताउनुभएको थियो । नेपाल आयल निगमले गत बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा १ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *