Friday, November 22, 2024
Home > मुख्य समाचार > संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति राजपाको आपत्ति

संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति राजपाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधानमा विमति नरहेको भन्ने सरकारको भनाई प्रति गम्भीर आपत्ति जनाएको छ ।

आजदेखि सुरु भएको सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै राजपाका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रममा ‘अब संविधानप्रति बिमति नरहेको’ भनी लेखिएकोमा गम्भीर आपत्ती र असहमति जनाउनुभएको हो । संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमति नरहेको भन्ने नीति तथा कार्यक्रममा उल्लेखित ७ नम्बर बुँदाप्रति उहाँले गम्भीर आपत्ती जनाउनुभयो । संविधानप्रति व्यापक असन्तुष्टि रहेको र विमति रहेको स्पष्ट हुँदा हुदै संविधानप्रति अब विमति छैन भनि लेखिएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । यसबाठ संविधान नै संसोधन नगर्ने मनस्थितिका सरकार छ भन्ने सन्देश दिएको भन्दै उहाँले त्यसलाई आफुहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो । उहाँले शाही सम्बोधनको शैलीमा सरकारको नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *