Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने

सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने

काठमाडौं । सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भईरहेको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको कामलाई पहिलो प्राथमिकतामा राखिएको पनि स्पष्ट पार्नु भयो । सरकारले प्रदेश फरक परेका, श्रीमान वा श्रीमति फरक–फरक ठाउँमा भएकाहरुलाई पायक पर्ने ठाउँमा समायोजनमा खटाउनेसहितको कानुनी व्यवस्था गरेको छ । मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भईरहेको पनि जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *