काठमाडौं । आजदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ ।
आज अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पढेर सुनाए संगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो । सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारवाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा अहिले अधिवेशन प्रारम्भको अवसरमा दलिय आधारमा संसदीय दलका नेताहरुले शुभकामना मन्तव्य राखे ।