Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रेस स्वतन्त्रताको सुनिश्चिताको माग गर्दै पत्रकार महासंघद्धारा नेकपा अध्यक्ष दाहालको ध्यानाकर्षण

प्रेस स्वतन्त्रताको सुनिश्चिताको माग गर्दै पत्रकार महासंघद्धारा नेकपा अध्यक्ष दाहालको ध्यानाकर्षण

ललितपुर । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दे सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

महासंघले आज बिहान ललितपुरको खुमलटारस्थित पुष्पकमल दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६ बुंदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले महासंघले प्रेस स्वतन्त्रता र राज्यले त्यसप्रति लिनुपर्ने जिम्मेवारी र दायित्वका बारेमा तयार पारेको ध्यानाकर्षण पत्रको प्रशंसा गर्दे प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी सधै प्रतिवद्ध रहेको बताउनुभयो । प्रेसको सहयोग र साथ नभएको भए आफु अहिलेको अवस्थामा नआईपुग्ने भन्दै उहाँले महासंघले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा गरेको सहयोगको प्रशंसा गर्नुभयो । अध्यक्ष दाहालले संविधानमा नै प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएकाले कानुन बनाउने समयमा सरोकारवालासंग छलफल गर्ने वातावरण मिलाई संभव भएसम्मको पहल आफुले गर्ने बताउनुभयो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रको आन्दोलनमा महासंघ संगसंगै भएका राजनीतिक दलबाट नै संचारक्षेत्रको आवाज बन्द गर्ने प्रयास भईरहेको भन्दै मुलुकका ठूला राजनीतिक परिर्वतनमा महासंघले खेलेको भूमिका नर्बिसिन अध्यक्ष दाहालको ध्यानाकर्षण गराउनुभयो । अनलाईन सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझ्दा प्रहरीले समाचार लेख्ने र प्रकाशन गर्ने पत्रकारलाई विद्युतीय कारोबार ऐन अनुसार कठोर कारवाही गरेकोमा पनि महासंघले आपत्ति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *