Friday, November 22, 2024
Home > मुख्य समाचार > खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काईयो

खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काईयो

काठमाडौं । काठमाडौ महानगरपालिकाकाले खुलामञ्च अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।

आज काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका प्रमुख रामप्रसाद आचार्यसमेतको उपस्थितिमा खुलामञ्चमा निर्माण गरिएको सटरहरुमा डोजर लगाइएको हो । खुलामञ्च अतिक्रमण गरि सटर निर्माण गरि व्यवसायीक प्रयोजनलाई दिईएको भन्दै व्यापक विरोध भएपछि आज अपरान्ह ती संरचना भत्काइएको हो । महानगरपालिका र ठेकेदारको मिलेमतोमा खुलामञ्चमा संरचना निर्माण गरिएको थियो । खुलामञ्चमा निर्माण भएका संरचना भत्काउने कार्यमा उपस्थित काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यले महानगरले नै सम्झौता गरेको र महानगरले नै सम्झौताविपरीत संरचना निर्माण भएको भन्दै संरचना भत्काउने निर्णय गरेकाले सो निर्णयलाई आफूहरुले सहयोग गरेको बताउनुभयो । पुराना ९ वटालाई छोडेर नयाँ ४२ वटा सटर भत्काइएको छ ।

सटर भाडामा लिई व्यवसाय गरेका व्यापारीहरु भने आक्रोशित बनेका थिए । उनीहरुले महानगरले व्यवसायको प्रलोभन देखाएर गरिबलाई मार्ने काम गरेको भन्दै आफ्नो लगानीको पैसा फिर्ताको सुनिश्चिता गर्न माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *