काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर डाक्टर चिरञ्जिवी नेपालले मुलुकमा राजनीतिक स्थायित्वसँगै आर्थिक क्रियाकलापले गति लिन थालेको बताउनुभएको छ ।
नेपाल राष्ट्रबैकको ६४ औ बार्षिकोत्सवको अवसरमा आज केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा गर्भनर डाक्टर नेपालले मुलुकमा उत्साहजन आर्थिक परिदृश्य देखिएको बताउनुभएको हो । उहाँले कृषि उत्पादनमा, उर्जा आपूर्ति, पून निर्माण तथा पर्यटन क्षेत्रमा भएको आशलाग्दो प्रगतिले उत्साहजनक आर्थिक परिदृश्य देखाएको बताउनुभयो । वित्तीय क्षेत्रमा लिएका नीतिगत तहमा चालिएको पअहअल कदमीको परिणाम स्वयरुप वित्तिय पहुँच पनि विस्तार भएको उल्लेख गर्दे उहाँले भुक्तानी प्रणालीलाई आधुनिकीकरण गर्दै पुर्वाधार निर्माणका महत्वपुर्ण कामहरु अघि बढेको बताउनुभयो ।
उहाँले बैक तथा वित्तिय संस्थाहरु आपसमा गाभिएका कारण वित्तिय सबलिकरण र संस्थात्मक व्यवस्थापनमा सहज भएको बताउनुभयो । उहाँले शोधनान्तर स्थितिमा केही दबाब देखिएको भएपनि समष्ठिगत आर्थिक व्यवस्थापन सकारात्मक देखिएको बताउनुभयो । गर्भनर नेपालले नेप्से सूचांकमा भएको केही उतार चढावका बाबजुद यस आर्थिक बर्षमा पूँजीबजारको गतिविधि स्थायीत्व तर्फ उन्मुख भएको उल्लेख गर्नुभयो ।
बैकका अनुसार, २०७५ चैत मसान्तसम्म बार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फिति ४ दशमलब ४ प्रतिशत रहेको छ । २०७४ चैतमा यो ५ दशमलब ३ प्रतिशत थियो ।