Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न

विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न

विराटनगर । विराटनगरमा आयोजित साताब्यापी निशुल्क योग शिविर सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका ६ नम्बर वडा कार्यालयको संयोजन र पतंजली योग समितिको आयोजनामा भएको योग शिविरमा सहभागिलाई योग कलाको आधारभूत प्रशिक्षण दिइएको थियो । बैशाख ७ गतेबाट सुरु भएको शिविरमा पतंजली योग समिति मोरङका अध्यक्ष ध्रुव तामाङ, सचिव हरिबाबु दाहाल,महानगर अध्यक्ष शिल्पा प्याकुरेल र उपाध्यक्ष कुमारी तामाङ लगायतले सहभागीलाई योगाभ्यासको प्रशिक्षण दिनुभएको थियो । योगाभ्यासबाट अनेकौं रोगहरुबाट बंच्न सकिने भएकाले वडावासीलाई लक्षित गरेर शिविर आयोजना गरिएको विराटनगर ६ का वडाध्यक्ष विजय कामतले बताउनुभयो । उहांले आउदो परिषदको बैठकबाट बजेट बिनियोजन गरेर वडामा नियमित योगाभ्यासको ब्यवस्थापन गरिने जानकारी दिनुभयो । शिविरमा सो वडाका ७५ जनाले साताब्यापी प्रशिक्षण लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *