Friday, November 22, 2024
Home > मुख्य समाचार > उपकरण राख्ने स्थानको अभावमा डाइलासिस मेसिन त्यतिकै थन्कियो

उपकरण राख्ने स्थानको अभावमा डाइलासिस मेसिन त्यतिकै थन्कियो

धरान । पूर्वको एक मात्र रिफरल सेन्टर वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण भएर पनि बिरामीहरुले सहज रुपमा डाइलाइसिस सेवा पाउन सकेका छैनन् । उपकरण राख्ने स्थानको अभावमा डाइलासिस मेसिन त्यतिकै थन्किएको छ ।

राज्यले डाईलासिस गर्नु पर्ने बिरामीहरुका लागि सम्पुर्ण उपचार खर्च निशुल्क गरेको छ । सरकारी अस्पतालहरुमा यसको सुविधा अनिवार्य छ तर दक्षिण एशियाकै उत्कृष्ठ मानिएको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाईलासिसका लागि पालो पाउनै गाह्रो छ । उपकरण थन्किएर बसेको छ, प्रतिष्ठानले त्यसको व्यवस्थापन गर्न नसक्दा डाइलाइसिसका लागि १५ दिनसम्म कुर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।  प्रतिष्ठानले नयाँ ८ वटा डाइलासिस मेशिन खरिद गरे पछि पुराना ६ वटा थन्क्याएर राखेको छ । व्यवस्थापन गर्ने स्थानको अभावमा चालु अवश्थामै रहेका मेशिनहरु थन्किदा उपचारका लागि आउने बिरामीहरुले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा दैनिक जसो २४ जनाले सेवा पाएका छन् भने ३० जना जति बिरामी फर्किने गरेका छन् ।

मध्य नेपालदेखि भारतको बिहार सम्मका बिरामीहरु प्रतिष्ठानमा उपचारका लागि आउने गर्दछन् । प्रतिष्ठानमा दुई कुलपति नियुक्तिको विवादका कारण स्वास्थ्य सेवाको सहज पहुँचबाट बिरामीहरु बञ्चित हुनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *