Friday, November 22, 2024
Home > मुख्य समाचार > सम्बन्धित निकायको बेवास्तका कारण तार सडकमा अलपत्र

सम्बन्धित निकायको बेवास्तका कारण तार सडकमा अलपत्र

विराटनगर । विभिन्न कारणले सडकमा लत्रिएका तारहरुलाई सम्बन्धित निकायले ब्यवस्थापन नगर्दा तार चोरी हुनुका साथै सर्वसाधारणले समेत समस्या झेल्नुपरिरहेको छ ।

विराटनगर ५ पृथ्वीचोकस्थित पोलमा झुण्ड्याइएको टेलिफोन र इन्टरनेट लगायतको तार चुंडिएर चार तीन दिनयता सडकमैं असरल्ल छरिएर रहेपनि सम्बन्धित निकायले त्यसलाई ब्यवस्थापन गर्नेतर्फ ध्यान दिएको छैन । तीनदिन अघि नै रातको समयमा सवारीसाधनमा अल्झिएर चुंडिएको तार सडकमै लथालिङ छाडिएका कारण बटुवाले समस्या झेल्नुका साथै केहीतार चोरी समेत भएको स्थानीयले बताएका छन । चुडिएको तार मर्मत नगर्दा तीन दिनयता त्यस क्षेत्रमा टेलिफोन सेवासमेत अबरुद्ध छ । सडकमा असरल्ल छरिएका तार आफुहरुले सडक किनारमा राखिदिएपनि त्यसलाई ब्यवस्थापन गर्न सरोकारवाला निकाय नआएको स्थानीयले बताएका छन ।

नगरक्षेत्रका अन्य स्थानमा विभिन्न कारणले चुंडिएका तारहरु कयौंदिनसम्म यत्तिकै छाडने गरिएको छ । सम्बन्धित निकायलाई जानकारी गराउंदा समेत सरोकारवाला निकायले तत्काल चासो नलिने कारणले तार चोरी समेत हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *