Sunday, November 24, 2024
Home > मुख्य समाचार > मेलम्ची आयोजनाको काम छोडेर गएको ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्तिबापत साढे २ अर्ब बढि माग गरेको खुलासा

मेलम्ची आयोजनाको काम छोडेर गएको ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्तिबापत साढे २ अर्ब बढि माग गरेको खुलासा

काठमाडौं, १३ चैत्र । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्तिबापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ ।

संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा समितिका सदस्य सुरेन्द्रराज पाण्डेले नाकाबन्दीलगायतका कारण सो आयोजना निर्माणको क्रममा भएको क्षतिवापत सरकारसँग सो कम्पनीले २ अरव ५२ करोड माग गरेको जानकारी गराउनुभएको हो । समितिले पाण्डेलाई सो आयोजनाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको थियो । समितिको बुधबारको बैठकमा उहाँले बुझाउनुभएको प्रतिवेदनमा सो आयोजनाको बाँकी काम सम्पन्न गर्न २ अर्ब ४५ करोड लाग्ने पनि सम्बन्धित निकायले जानकारी गराएको पनि उल्लेख गरिएको छ । प्रतिवदेनमा सिएमसी कम्पनीलाई भन्दा नयाँ ठेकेदार कम्पनीलाई जिम्मेवारी दिएर सो आयोजनाको बाँकि काम सम्पन्न गर्न पनि सरकारलाई सुझाव दिइएको छ । समितिका सदस्य पाण्डेले २ अर्ब ५२ करोड क्षतिपूर्ति दिएर सो आयोजनाको बाँकी काम सिएमसी कम्पनीबाटै गराउनुभन्दा २ अर्ब ४५ करोडमा सो आयोजनाको काम सम्पन्न गर्न उपयुक्त हुने देखिएको पनि समितिलाई जानकारी गराउनुभयो । समितिका सदस्य पाण्डेले सो आयोजनाको कामलाई छिटो अघि बढाउन पनि सरकारलाई सचेत गराउनुभयो । प्रतिवेदनमा सिएमसी कम्पनीको २ अरव १० करोड रुपैयाँ सरकारले बैंकबाट जफ्त गरिसकेको पनि उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *