जनकपुर, १३ फागुन । जनकपुरधाम उपमहानगरपालिकाका दैनिक ज्यालादारीमा काम गरेका सफाईकर्मीहरुले दुई महिनादेखि तलव नपाएको भन्दै आन्दोलनमा उत्र्रेका छन् ।
उनीहरुले काम गराउने तर समयमा तलब नदिएको कारणले आफुहरु आन्दोलनमा होमिएको जनाएका छन । सफाईकर्मीहरुले जनकपुरधाम उपमानगरपालिकको अगाडि धर्नामा बसेका छन् । उनिहरुले सफाईको गाडीहरु संचालनमा समेत रोक लगाएका छन् । पटकपटक सरोकारवालालाई ध्यानाकर्षण गराउँदासमेत आफूहरुको समस्या समाधान नभएकाले धर्नामा बस्नु परेको उनीहरुको भनाइ छ । उनीहरुलाई कार्यालय संचालन, वारुणयन्त्र, नगर प्रहरी र सरसफाईका लागि उपमहानगरपालिकाले राखेको थियो ।