Monday, November 25, 2024
Home > मुख्य समाचार > इन्जिनियरहरुमाथि प्रहरीको लाठीचार्ज

इन्जिनियरहरुमाथि प्रहरीको लाठीचार्ज

काठमाडौं, १२ फागुन । सहरी विकास मन्त्रालय घेराउ गर्न सिंहदरबारको दक्षिणी गेट पुगेका इन्जिनियरहरुमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

सरकारले सेवा, सुविधावापतको रकम कटौति गरेको विरोधमा आन्दोलनरत पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आज निषेधित क्षेत्र सिंहदरबारको दक्षिणी गेटस्थित सहरी विकास मन्त्रालय घेराउ गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट आधा दर्जन बढि इन्जिनियरहरु घाइते भएका छन । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले लाठी चार्ज गरेकोमा इन्जिनियरहरुले आपत्ति जनाएका छन । इन्जिनियर विद्या बरालको आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै निन्दा र भत्र्सना गर्नुभयो । पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले सेवा, सुविधा वापतको रकम कटौति गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरोधमा एक सातायता पुनर्निर्माणको काम छोडेर काठमाडौंमा आन्दोलन सुरु गरेका छन । उनीहरुले खाईपाइ आएको सुविधा वापतको रकम कटौती नगर्न सरकारसँग माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका हुन । इन्जिनियर बरालले पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुको स्वास्थ्य विमा र दुर्घटना विमाको पनि व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुले आफूहरुलाई दिँदै आएको सेवा सुविधा कटौति गर्ने निर्णय फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *