Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

विराटननर, ११ फागुन । प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा सैद्धान्तिक छलफल भएको छ ।

विधेयकको सैद्धानितक छलफलमा भाग लिंदै सांसदहरुले समग्र प्रदेशको पर्यटन बिकाशका लागि छुटै पर्यटन बोर्ड निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । एक नम्बर प्रदेश पर्यटन विकासका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सोही अनुसार नीति निर्माण गर्न आवश्य रहेको उनीहरुले बताए । छलफलमा सांसद अम्बिका थापा, कुशुमकुमारी श्रेष्ठ, चुमनारायण तवदार, मोहन खड्का, राजकुमार ओझा, बसन्तीदेवी यादव, विष्णु तुम्बाहाफे र श्रीप्रसाद मैनालीले भाग लिनुभएको थियो । त्यसैअघि शुन्य समयमा बोल्दै सांसदहरु कुलप्रसाल साम्बा, सूयर्माराज राई, शान्ता पौडेलले आ–आफ्नो क्षेत्रको विकासका विषयमा आवाज उठाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *