विराटनगर, १९ माघ । माघ १३ गते विराटनगरस्थित सिंघिया खोलामा शव भेटिएकी ११ वर्षीया बालिका रुपमती दासका परिवारलाई न्याय दिन माग गर्दै आज विराटनगरमा प्रदर्शन भएको छ ।
स्थानिय सर्वसाधारणले स्वतस्फर्तरुपमा ¥याली निकालेर रुपमतीका परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन् । मृतक बालिकाको घर रहेको मधुमारा बलुवाहीबाट निकालिएको स्थानीयको ¥यालीले विभिन्न क्षेत्रको परिक्रमा गर्दै स्थानिय देवकोटाचोकमा विरोधसभा गरेका थिए । ¥यालीका सहभागीले ‘रुपमतीलाई न्याय दे’‘हत्यारालाई फाँसी दे’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । उनीहरुले नाराबाजीसमेत गरेका थिए ।
प्रर्दशन लगत्तै देवकोटाचोकमा भएको कोणसभामा बोल्ने वक्ताहरुले रुपमतीको बलात्कारपछि हत्या भएको दाबी गरेका थिए । स्थानीय गीता थापाले रुपमतिका परिवारलाई न्याय नदिए आफूहरुले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो । कार्यक्रममा अन्य वक्ताहरुले अविलम्ब अभियुक्त सार्वजनिक गर्नुका साथै कडा कानुनी कारवाही गर्न मागसमेत गरेका थिए ।