Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्ने नेपाल राहत शिक्षक समितिको चेतावनी

स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्ने नेपाल राहत शिक्षक समितिको चेतावनी

विराटनगर, १९ माघ । नेपाल राहत शिक्षक समितिले स्थायी नगरे सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल राहत शिक्षक विराटनगर महानगरपालिका समिति प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाल राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकहरुका माग सरकारले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । राहत शिक्षक समितिले अस्थायी शिक्षक सरह एकमुष्ठ राहत शिक्षकलाई आन्तरीक प्रतिस्पर्धाबाट सामान्य प्रक्रिया पु¥याई स्थायी गरिनु पर्ने, शिक्षा ऐन संसोधन गर्न सरोकारवाला निकायहरुको सहकार्यमा शिक्षक ऐन संसोधन गर्नुपर्ने माग रहेको बताउनुभयो । राहत शिक्षकहरुले असोज २१ गतेदेखि आन्दोलन गरिरहेको बताउँदै फागुन २१ गतेसम्म माग पूरा नभए काम ठप्प पारेर देशभरका ४० हजार राहत शिक्षक आन्दोलनमा उत्रने स्पष्ट पार्नुभयो । मोरङमा ९ सय राहत शिक्षक छन् भने महानगरपालिकाभित्र ९२ जना छन् । कार्यक्रममा प्रदेश १ का राहत शिक्षक समितिका अध्यक्ष गुरुप्रसार अधिकारी, विराटनगर महानगरपालिकाका स्रोत व्यक्ति विष्णु लामिछानेलागायतले राहत शिक्षकलाई सरकारले न्याय नगरेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *