मोरङ, १९ माघ । मोरङ सिमसार प्रवर्धन तथा संरक्षण समितिको आयोजनामा आज मोरङको बेलबारीमा विविध कार्यक्रम गरी २३ औँ विश्व सिमसार दिवस मनाईएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रदेससभा सांसद राजकुमार ओझाले वातावरण र मानवविचको अनोन्याश्रित सम्वन्ध रहेको बताउदै सिमसार संरक्षणमा सबै लाग्नु पर्ने वताउनुभयो । उहाँले भौतिक पूर्वाधारका कारणले सिमसार क्षेत्र संकटमा पर्ने हुनाले भौतिक संरचना निर्माणगर्दा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । यस्तै डिभिजन वन कार्यालयका वन अधिकृत विशाल घिमिरेले सिमसारको दिगो विकासका लागि सवै लागिपर्नु पर्नेमा जोड दिनुभयो । वातावरणविद रामचन्द्र अधिकारीले सिमसारको महत्वको वारेमा जानकारी गराउनु भएको थियो । दिवसका अवसरका बेलबारीबाट बेतना सिमसारसम्म र्यालीको आयोजना गरिएको थियो । र्यालीमा मोरङका १९ वटा सिमसार तथा पर्यटकीय क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।