मेक्सिकोमा इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुगेको छ । हाइडाल्गो राज्यमा भएको दुर्घटनामा अन्य कयौं घाइते भएका छन् । राज्यका प्रशासन प्रमुख ओमार फायरले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ । हेडाल्गो राज्यको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन छेडेर तेल चोर्ने प्रयास गरिंदा विस्फोट भएको अधिकारीहरुले जनाएका छन् । मेक्सिकोका राष्ट्रपति आन्द्रियाज म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति ओब्राडोरले तेल चोरी नियन्त्रण गर्न कडा कदम चालेपछि तस्करी केही नियन्त्रणमा आएको छ । यसैको प्रभावस्वरुप केही राज्यका पेट्रोल पम्पहरुमा तेल अभाव देखिएको छ । तस्करहरुको समूहले राज्य नियन्त्रित पेट्रोलियम पाईपलाईन ड्रिल गरेर चोरी गर्न खोज्दा पछिल्लो दुर्घटना भएको हो । मेक्सिकोमा गतवर्ष पाइपलाइनबाट तेल चोरी गर्दा राज्यले तीन अर्ब अमेरिकी डलर बराबरको तेल गुमाएको थियो ।
Home > अन्तराष्ट्रिय समाचार > इन्धनको पाइपलाइनमा भएको बिस्फोटमा परि मृत्यु हुनेको संख्या ७१ पुग्यो