Friday, November 22, 2024
Home > मुख्य समाचार > प्रदेश १ को सामाजिक विकास मन्त्रालयले वृहत योग शिविर आयोजना गर्ने

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले वृहत योग शिविर आयोजना गर्ने

विराटनगर, ४ माघ । राष्ट्रियस्तरमा स्वस्थ्य जीवनका बारेमा नयां सन्देश दिने योजनाका साथ विराटनगरमा प्रदेशस्तरीय वृहत योग शिविर आयोजना हुने भएको छ ।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले योगलाई आमजनता माझ पुर्याउने दायित्व अन्तर्गत आगामी माघ १३ देखि १९ गतेसम्म साताव्यापी निशुल्क योगशिविरको आयोजना गर्ने भएको छ । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सो बिषयमा जानकारी गराएको छ । सो बिषयमा जानकारी दिनुहुंदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले योगलाई जीवनको अभिन्न अङग वनाउन र स्वास्थ्य जीवनको चेतना र जनजागरण जनतामाझ गराउन शिविर संचालन गर्न लागिएका वताउनुभयो ।  प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुहुने योग शिविरमा पाँच हजार महिला तथा पुरुषले योग गर्ने छन् । शिविरमा प्रत्येक दिन प्रदेशका मन्त्रीहरुको उपस्थिति हुनुका साथै पतन्जली योग नेपालका अध्यक्ष लवदेव मिश्र,जगतगरु कृष्णदास जी महाराजले प्रशिक्षण दिनु हुने जनाइएको छ । विराटनगरको शंकरपुरस्थित खाली मैदानमा हुने योग शिविरमा महिला तथा पुरुषका लागि विहान ५ः३० देखि ७ः०० वजेसम्म र अपरान्ह ०१–१५ देखि ०२ः१५ सम्म कक्षा ९ का विद्यार्थीहरुलाई प्रशिक्षण दिइने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *