Friday, November 22, 2024
Home > मुख्य समाचार > एक नम्बर प्रदेश मन्त्रीपरिषद्को आज बसेको वैठकले गर्यो यस्ता निर्णय

एक नम्बर प्रदेश मन्त्रीपरिषद्को आज बसेको वैठकले गर्यो यस्ता निर्णय

विराटनगर, २ माघ । एक नम्बर प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको बैठकले कोसी रिफ्रेसमेन्ट आयोजनाका लागि बजेट विनियोजन गरेको छ । आर्थिक मन्त्रालयको विशेष पहलमा सुनसरीको कोसी गाउँपालिकामा लामो दूरीका सवारी साधनका चालकहरुका लागि थकान मेटाउन, ट्राफिक सचेतना तथा होल्डेजका रिफ्रेसमेन्ट उपयोग हुने बताइएको छ । बैठकले सो आयोजनाका लागि कार्यालय खोल्नलाई बजेट विनियोजन गरेको प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।
बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले अघि सारेको सगरमाथा टिन्स क्लबको गठन तथा निर्देशिका पनि स्वीकृत गरेको छ । यो क्लबले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुका लागि विभिन्न किसिमका तालिम तथा प्रशिक्षण दिने जनाइएको छ । ‘म अघि बढ्छु’ भन्ने नारासहितको कार्यक्रमले सामुदायिक तथा संस्थागत विद्यालयमा लागू औषधसम्बधी अभिमुखी कार्यक्रमलाई विशेष प्राथमिकतामा राख्ने मन्त्री कार्कीले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले मुख्यमन्त्री ग्रामीण सडक सुधार आयोजना, प्रदेशको भूमि व्यवस्था, प्रदेश पर्यटन विकास विधेयक लगायतका विषयमा पनि निर्णय गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *