Sunday, November 24, 2024
Home > मुख्य समाचार > प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट

प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट

विराटनगर, २ माघ । प्रदेश १ को हिउँदे अधिवेशन माघ २० गतेबाट सुरु हुने भएको छ ।

आज बसेको एक नम्बर प्रदेश मन्त्रिपरिषद्को बैठकले २० गतेदेखि अधिवेशन सुरु गर्ने मिति तय गरेको हो । सरकारको सिफारिसमा अब प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु हुनेछ । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज २३ गतेसम्म चलेको थियो । नाम र राजधानी तोक्न सरकारले गृहकार्यसमेत सुरु गरेकोले यो अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । गत असोज २३ गते वर्षे अधिवेशन सम्पन्न भएदेखि हिउँदे अधिवेशन सुरु हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा पटकपटक कुरा उठान गर्दै आएको थियो । चैतमा प्रदेशको नामाकरण र राजधानीको विषयमा सरकार टुङ्गोमा पुग्ने बुझिएको छ । हाल संसदमा ६ वटा विधेयक दर्ता भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *