Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं, १ माघ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ चौंथो राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

यसै अवसर पारेर आज काठमाडौंमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसहितको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयोजना गरेको कार्यक्रममा योगाभ्यासको आवश्यक्ता र औचित्यको बारेमा प्रकाश पारिएको थियो । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सबै प्रकारको रोगबाट मुक्ति मिल्ने योगाभ्यास गाउँगाउँमा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले योगले शारीरिक तथा मानसिक रुपमा पनि नागरिकलाई स्वस्थ बनाउने भएकाले सरकारले यसलाई जोड दिएर राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको पनि स्पष्ट पार्नुभयो । शारिरीक तन्दुरुस्तीका लागि पनि विश्वभर योगको आकर्षण बढदै गएको छ । यसैकारण संयुक्त राष्ट्र संघको आह्वानमा विश्वमा अन्तराष्ट्रिय योग दिवसनै मनाउन सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *